भारतको केआईआईटी विश्वविद्यालयमा अर्की नेपाली छात्रा मृत भेटिइन्
खबर एक्सप्रेस
२०८२-०१-१८ १०:२४ मा प्रकाशित
Total Shares: 1036
काठमाडौं - भारतको भुवनेश्वरस्थित कलिंगा इंस्टिचुट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा एक नेपाली विद्यार्थी मृत भेटिएकी छिन् । ओडिशा टिभीको अनलाइन संस्करणले सो विश्वविद्यालयको एक छात्रावासमा नेपाली छात्राको शव फेला परेको जनाएको छ ।
तर, मृतक नेपाली छात्राको पहिचान भने खुलाइएको छैन । कटकका पुलिस कमिश्नर एस देव दत्त सिंहले नेपाली विद्यार्थी मृत फेला परेको पुष्टि गरेका छन् । तर, यो विषयमा विश्वविद्यालयले कुनै जानकारी दिएको छैन ।
यसअघि नेपाली विद्यार्थी प्रकृति लम्सालको पनि सोही विश्वविद्यालयमा शव भेटिएको थियो । त्यसपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूमा विश्वविद्यालय प्रशासनले अमानजनक व्यवहार गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस