सुनसरीमा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप, गोली लागेर एकजना घाइते
धरान - सुनसरीको हरिनगरमा गएराति तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ ।
भारतबाट आउँदै गरेको समूहलाई सशस्त्र प्रहरीले सोधपुछ गर्दा तस्कर समूहले बाँस र ढुंगाले आक्रमण गरेपछि दुवै समूहबीच झडप भएको हो ।
झडपका क्रममा तस्कर समूहले प्रहरीको हतियार खोस्न खोजेपछि प्रहरीले गोली चलाएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । गोली लागेर सुनसरी हरिनगराका २० वर्षीय सवाज अन्सारी गम्भीर घाइते भएका छन्। उनको पेटमा गोली लागेको छ। अन्सारीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
तस्कर समूहले हानेको ढुङगा लागेर सशस्त्र प्रहरी जवना जिवराज विशंखे घाइते भएका छन्। उनको सशस्त्र प्रहरीको पूर्व क्षेत्रिय अस्पताल पकलीमा उपचार भइरहेको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस