पूर्वन्यायाधीश पाण्डेको निधनको शोकका कारण मंगलबार सर्वोच्चमा सुनुवाइ नहुने
खबर एक्सप्रेस
२०७७-१०-२७ १०:१५ मा प्रकाशित
Total Shares: 323
काठमाडौं - मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकका कारण सुनुवाइ नहुने भएको हो । पाण्डेको सोमबार काठमाडौंमा निधन भएको थियो ।
सर्वोच्चका पूर्वन्यायाधीश र प्रधानन्यायाधीशको निधनमा श्रद्धाञ्जली व्यक्त गर्न एक दिन इजलास रोक्ने प्रचलन रहिआएको छ । यसैबीच, प्रतिनिधिसभा विघटन विवादमा परेका रिटको सुनुवाइ बुधबारका लागि सरेको छ ।
सोमबारको बहसमा वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले प्रधानमन्त्रीको तर्फबाट बहस गर्दै जनताबाट निर्वाचित प्रधानमन्त्री भएका कारण सार्वभौम अधिकार स्वतः प्रधानमन्त्रीमा रहने जिकिर गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस