काठमाडौं - ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नक्कली कागजात तयार पारेको आरोपमा मुछिएका रामकुमार सुवेदी दम्पत्ति पक्राउ परेका छन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले रामकुमार र उनकी पत्नी माधवी सुवेदीलाई स्वयम्भूबाट पक्राउ गरेको हो । हाल पक्राउ परेका सुवेदी दम्पत्ति सीआईबीको निगरानीमा छन् । उनीहरुलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा लगिएको छ । 

ललिता निवासको सरकारी जग्गा तत्कालीन भोगाधिकारी सुवर्ण शम्शेर परिवारका नातेदारसँग मिलेर जग्गा व्यक्तिको नाममा नामसारी गर्न नक्कली सरकारी कागजात तयार पार्न सुवेदीले बिचौलियाको भूमिका खेलेको  आरोप छ ।