मौसम : तराई र उपत्यका क्षेत्रमा हुस्सु, चिसो बढ्न सक्ने
खबर एक्सप्रेस
२०८१-०९-०४ ०८:०० मा प्रकाशित
Total Shares: 69
काठमाडौं - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।
जसकारण यतिबेला कोशी प्रदेश लगायत देशका पहाडी भूभागको मौसम आंशिक बदली छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा अहिले हुस्सुका साथै थोरै स्थानमा कुहिरोको लागेको छ ।
हुस्सु तथा कुहिरोको कारण आज चिसो बढ्न सक्ने र यसले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।
फेसबुक पेज Like गर्नुहोस