काठमाडौं - ग्लोबल आइएमई बैंकका एससिटि डेविट कार्ड प्रयोगकर्ताले दशैंमा ३३ दशमलव ३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने बैकले जनाएको छ । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससिटि) सँगको सहकार्यमा यस पटकको दशैंका लागि एससिटि डेबिट कार्ड भएका ग्राहक लक्षित एससिटि तथा युपिआई कार्डको दमदार दशैं धमाका थ्री–डि अफर अन्तर्गत ग्राहकले क्यासब्याक प्राप्त गर्ने उल्लेख छ ।

यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर भएको पनि बैकले जिकिर गरेको छ । यहाँ कुनै पनि प्वाइन्ट अफ सेल टर्मिनलमा भुक्तानी गरी कारोबार गर्ने एससिटि डेबिट कार्ड होल्डर ग्राहकले ३३ दशमलव ३३ प्रतिशत अर्थात १ हजार रुपैया सम्म अधिकतम क्यासब्याक पाउने उल्लेख छ ।

यस योजना पश्चात एससिटि कार्ड होल्डर ग्राहकलाई एससिटि कार्ड मार्फत गरिने ग्राहकको विश्वास बढाउन सकिने बैंकले जनाएको छ । असोज १ देखि दशैंभर चल्ने यो योजनामा कम्तिमा ३ वटा पस कारोबार गर्ने कार्ड होल्डरलाई ५ सय तथा कम्तिमा ६ वटा पस कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई १ हजार रुपैया क्यासब्याक प्रदान गरिने छ । क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा ५ सय रुपैयाको हुनुपर्नेछ जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।