धनुषा-४ बाट एमालेका महासेठ निर्वाचित
खबर एक्सप्रेस
२०७९-०८-१३ ०९:४० मा प्रकाशित
Total Shares: 121
काठमाडौं - धनुषा क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी भएका छन् । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवलाई झिनो मतले हराउँदै महासेठ विजयी भएका हुन् ।
मंगलबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार महासेठले ३२ हजार २३६ मत ल्याउँदा यादवले ३२ हजार ११२ मत पाए । महासेठले १२४ मतले पछि पार्दै यादवमाथि जित निकालेका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस