काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल थालेका छन्।
यसअघि मधेश केन्द्रित राजनीतिक दलका नेताहरूसँग परामर्श गरेका प्रधानमन्त्रीले त्यसलगत्तै मधेशका विभिन्न जिल्लाका सांसदहरूसँग संवाद अघि बढाएका हुन्।
छलफलमा सांसद रहबर अन्सारी, नितिमा भण्डारी (कार्की), रवीन्द्र पटेल, मनिष झा, रविन महतो, राजकिशोर महतो, गणेश धिमाल, चन्दन सिंह, विक्रम थापा, मोहनलाल आचार्य, गजाला शमिम मिकरानीलगायत सहभागी छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार पछिल्ला दिनमा मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको तनाव, शान्ति–सुरक्षा अवस्था र सामाजिक सद्भाव कायम गर्ने उपायबारे सांसदहरूको सुझाव लिने उद्देश्यले छलफल गरिएको हो।
प्रधानमन्त्रीले प्रभावित क्षेत्रमा शान्ति स्थापना र आपसी विश्वास पुनःस्थापनाका लागि आवश्यक पहललाई तीव्र बनाएको सचिवालयले जनाएको छ।

.gif)



