अध्यादेश ल्याएर कुनै पार्टी एमालेमा मिलाउने हाम्रो योजना छैन : प्रधानमन्त्री ओली
खबर एक्सप्रेस
२०८१-०७-०६ ०६:५४ मा प्रकाशित
Total Shares: 124
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पार्टी फुटाएर नेकपा एमालेमा मिलाउने योजना नरहेको स्पष्ट पारेका छन् ।
सोमबार पाँच विपक्षी दलहरूको ज्ञापन पत्र बुझ्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले यस्तो स्पष्टीकरण दिएका हुन् ।
‘विगतमा एमालेलाई विभाजन गर्न अध्यादेश ल्याइएकाले साथीहरुलाई त्यसै गर्न लाग्यो कि भन्ने परेको हुनसक्छ। तर अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन,’ उनले भने।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलबीच बाढी, पहिरो र डुबानका घटनापछिको अवस्थामा राहत र उद्धारमा आपसमा मिलेर प्रभावकारीरूपमा काम गर्ने विषयमा समान मत देखिएको उनको सचिवालयले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस