काठमाडौं-चीनमा उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार हुँदै गएको छ। 

हृदयघात भई पेकिङ युनियन अस्पतालमा उपचाररत् गृहमन्त्री श्रेष्ठलाई शुक्रबार बिहान आइसियूबाट जनरल वार्डमा सारिएको श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए।  

बुधबार राति हृदयाघात (हर्टअट्याक) भएपछि गृहमन्त्री श्रेष्ठलाई बेइजिङस्थित इन्टरनेसनल मेडिकल साइन्सेज हस्पिटलमा भर्ना गरिएको थियो। उनको मुटुको शल्यक्रिया सफल भएको चिकित्सकले बताएका छन्।  

तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार राति १ बजे हृदयघात भएको थियो।