पहिरनका कारण फेरि ट्रोलको शिकार बनिन् सोनम
काठमाडौं - बलिउड फिल्म 'मलंग' को हालै स्क्रिनिङको आयोजना गरिएको थियो।
मोहित सुरी निर्देशित फिल्मको स्क्रिनिङमा बलिउडका ठूला स्टारहरूको जमघट रहेको थियो। सो अवसरमा अभिनेत्री सोनम कपुर आफ्ना पिता अनिल कपुरका साथ फिल्म हेर्न पुगिन्।
स्क्रिनिङमा सोनम कालो रङको पहिरनमा पिता अनिलसँग पोज दिइरहेकी थिइन् । उक्त पहिरनका कारण उनी ट्रोलर्सको निशानामा परिन्।
ट्रोलर्सले सोनममाथि प्रश्न बर्साए, आफ्नो बुवाको अगाडि कसैले यस्तो लुगा लगाएर उभिन सक्छ? के उनीहरूलाई लाज लाग्दैन? 'चलाउँदै आएका 'अमर 'को मा सोनमको अर्का ट्रोलरले उदेक को मान्दै लेखे, 'यस्तो लुगामा आफ्नो बुवासँग उभिँदा कस्तो उदेकलाग्दो देखिएको छ ।' अर्का एक प्रयोगकर्ताले अलिकति त लाज राखसम्म भन्न भ्याए। त्यसो त केहीले सोनमको फेसन सेन्सको तारिफ पनि गरेका छन्।
एक प्रशंसकले लेखे, 'सोनम निकै सुन्दर देखिएकी छिन्।' अर्का एक प्रशंसकले विचार राखे 'बुवा, छोरीको सबैभन्दा कुल जोडी। अल्टिमेट फेसन क्विन अफ बलिउड।' सोनम यसअघि पनि पहिरनका लागि ट्रोल भइसकेकी छिन्।
फेसबुक पेज Like गर्नुहोस