सशस्त्र प्रहरीका ४१२ जनामा कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०५-०८ ०३:३४ मा प्रकाशित
Total Shares: 691
काठमाडौं - सशस्त्र प्रहरी बलमा एकजना एसपीसहित ४१२ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म मुलुकका विभिन्न स्थानमा कार्यरत ४१२ जनामा कोरोना संक्रमण देखिएको हो । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार संक्रमितमध्ये १ सय ६५ जना डिस्चार्ज भइसकेका छन् ।
सक्रिय संक्रमितहरुमा प्रदेश १ मा २६, प्रदेश २ मा ६४, वाग्मती प्रदेशमा ५५, काठमाडौं उपत्यकामा ५६, प्रदेश ५ मा ४२, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा एकजना सक्रिय संक्रमित छन् ।
फेसबुक पेज Like गर्नुहोस