एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. चापागाईं एमालेमै फर्किए
काठमाडौं - नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईं नेकपा एमालेमै फर्किएका छन्। रुपन्देही जिल्ला पूर्व इञ्चार्ज समेत रहेका डा. चापागाईंला अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा स्वागत गरेका हुन्।
चापागाईं एकीकृत समाजवादीको अर्थ तथा योजना विभागको केन्द्रीय उपाध्यक्ष हुन् भने प्रेस चौतारीका पूर्व केन्द्रीय अध्यक्ष समेत हुन्। एकीकृत समाजवादी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको पुच्छर मात्रै बनेको र आफ्नो बेग्लै पहिचान स्थापित गर्न असफल भएकाले नेपालको कम्युनिष्ट आन्दोलन, आर्थिक समृद्धि र विकासको नेतृत्व एमालेले मात्रै गर्न सक्छ भन्ने निष्कर्षका साथ एमालेमै फर्किएको चापागाईंको भनाई छ।
एकीकृत समाजवादीमा रहेका इमान्दार सबै साथीहरु एमालेमै फर्किने भन्दै मुलुकमा अब वाम प्रगतिशील शक्तिको नेतृत्व गर्ने एमाले र पूँजीवादी दक्षिणपन्थी शक्तिको नेतृत्व गर्ने कांग्रेस गरी दुई धारमा राजनीति ध्रुविकृत हुने चापागाईंको दाबी छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस