कोरोना संक्रमणबाट रुपन्देहीमा एक वृद्धको मृत्यु
खबर एक्सप्रेस
२०७७-०५-०४ ०७:३७ मा प्रकाशित
Total Shares: 263
काठमाडौं - कोरोना संक्रमणबाट रुपन्देहीमा एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देवदह नगरपालिका-३ स्थित शिशपुरका ७० वर्षीय पुरुष रहेका छन् । देवदह मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत ती पुरुषको बिहीबार दिउँसो मृत्यु हो । उनको बुधबार पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।
मृतक पुरुष उच्च रक्तचाप, पक्षघात र मधुमेहका बिरामी थिए ।
फेसबुक पेज Like गर्नुहोस