रवि लामिछानेविरूद्ध उच्च अदालतमा पर्याे अवहेलना मुद्दा
काठमाडौँ - टेलिभिज कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध उच्च अदालतमा मुद्दा दायर भएको छ । अदालतको अवहेलना अभियोगमा सजाय माग गर्दै लामिछाने र निलम्बित डिएसपी अंगुर जिसीविरुद्ध मुद्दा परेको हो ।
निर्मला पन्त हत्या प्रकरणमा मुछिएका दिलिपसिंह विष्टका दाजु खड्क विष्टले अदालतमा चलिरहेको मुद्दामा रवि लामिछाने र अंगुर जिसीले सार्वजनिक बहस गरेको आरोप लगाउँदै मुद्दा दायर गरेका हुन् ।
‘अदालतमा विचारधीन मुद्दामा रवि लामिछाने र अंगुर जिसीले सार्वजनिक बहस गरी यो मुद्दालाई अन्तै मोड्न खोजेका छन्,’ दायर गरिएको मुद्दामा भनिएको छ, ‘यसरी अदालतमा चलिरहेको मुद्दालाई अन्तै मोड्न खोज्नु अदालतको अवहेलना हो । उनीहरुलाई हदैसम्मको कारबाही गरियोस् ।’
दिलिपसिंहका दाजु खड्कले यसअघि जिल्ला अदालत कन्चनपुरमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दालाई अदालतले खारेज भएपछि उनी उच्च अदालत पुगेका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस