सुनको मूल्यमा सामान्य वृद्धि
खबर एक्सप्रेस
२०८२-०१-१४ ११:५४ मा प्रकाशित
Total Shares: 74
काठमाडौं-आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।
साताको पहिलो दिन आइतबार सुनको मूल्यमा एक सयले वृद्धि हुँदा चाँदीको भाउ भने घटेको छ ।
आज सुन प्रति तोला एक सय रुपैयाँले वृद्धि भएर एक लाख ८९ हजार ७ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार गत शुक्रबार तोलाको एक लाख ८९ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
साथै, आज चाँदीको मूल्य १० रुपैयाँले घटेर तोलाको एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस