सत्ता गठबन्धनको बैठक बालुवाटारमा
खबर एक्सप्रेस
२०८१-०५-२४ ०५:०३ मा प्रकाशित
Total Shares: 78
काठमाडौं - सत्ता गठबन्धनको बैठक बालुवाटार सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा निर्धारित समय भन्दा ढिला गरी बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेका महासचिव शंकर पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोसपा अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी छन्।
सरकारको कामको मूल्याङ्कन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ। बैठकमा संयुक्त सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम, समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

.gif)



फेसबुक पेज Like गर्नुहोस