काठमाडौं - सरकारले सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुले फेस सिल्ड (भाइजर) अनिवार्य लगाउनुपर्ने बताएकाे छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालका अनुसार बस चढ्नुअघि फेस सिल्डको व्यवस्था यात्रु आफैंले अनिवार्य गर्नुपर्ने छ ।

सार्वजनिक सवारीको सबै सिटमा यात्रुहरु बस्ने गरेको र भौतिक दूरी कायम हुन नसक्ने भएकाले मास्क लगाएजस्तै अब यात्रुहरूको लागि फेस सिल्ड अनिवार्य गरिएको उनको भनाई छ । फेस सिल्ड नलगाउने यात्रुहरूले यात्रा गर्न नपाउने उनले बताए ।

विभागले यो नियम यथाशिघ्र कार्यान्वयन गर्न सर्वसाधारणलाई अपिलसमेत गरेको छ।