एनपीएल: आज काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स भिड्ने
खबर एक्सप्रेस
२०८२-०८-१० ०८:०७ मा प्रकाशित
Total Shares: 30
काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदैछ। खेल त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ बजे शुरु हुनेछ ।
करण केसीको कप्तानीमा रहेको काठमाडौँले तीन खेल खेलेको छ। यसका दुई हार र एक खेलमा जित निकालेको थियो। काठमाण्डू दुई अङ्कसहित तेस्रो स्थानमा छ।
रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अङ्कसहित चौथो स्थानमा छ। दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस