काठमाडौं - कोरोना भाइरसको सबैभन्दा प्रभावित मुलुकमध्ये युरोपेली देश जर्मनी एक हो ।

त्यहाँका सरकारी अधिकारीका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्याले चीनलाई उछिनेको छ । पछिल्लो २४ घण्टामा ३ सय १ जनाको मृत्यु भएसँगै चीनमा भन्दा धेरैको ज्यान गएको हो । यस्तै, २ हजार १ सय नयाँ संक्रमित थपिएका छन् ।

हालसम्म कोरोनाबाट जर्मनीमा ३ हजार ४ सय ९५ जनाको मृत्यु भएको छ भने १ लाख ३२ हजार संक्रमित भएका छन् । कोेरोनाको उद्गमस्थल चीनमा भने ३ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ ।