सेभिया र साल्जवर्गले बराबरी खेले
खबर एक्सप्रेस
२०७८-०५-३० ०९:१७ मा प्रकाशित
Total Shares: 233
काठमाडौं,एजेन्सी - च्याम्पियन्स लिग अन्तर्गत स्पेनिस क्लब सेभिया र अष्ट्रियन क्लब रेड बुल साल्जवर्गले बराबरी खेलेका छन् ।
मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको २१ औं मिनेटमा लुका सुसिचले पेनाल्टीमा गोल गर्दै साल्जवर्गलाई सुरुवाती अग्रता दिलाएका थिए ।
यता खेलको ४२ औं मिनेटमा पेनाल्टीमार्फत इभान राकिटिचले गोल गर्दै सेभियालाई बराबरीमा ल्याए । युसेफ एन नेस्रीले ५० औं मिनेटमा रातो कार्ड खाएपछि सेभिया १० खेलाडीमा समेटिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस