कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा
काठमाडौं, एजेन्सी - अर्जेन्टिना जारी कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेकाे छ ।
बुधबार बिहान भएको दोस्रो सेमिफाईनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाईनल प्रवेश गरेको हो ।
पेनाल्टीमा अर्जेन्टिनाका लागि लौटारो मार्टिनेज, लियान्द्रो पाराडेज र कप्तान लियोनल मेस्सीले गोल गरे । यता, कोलम्बियाका लागि जुआन कौड्राडो र मिगुयुल बुर्जाले गोल गरे ।
यसअघि खेल एक-एकको बराबरीमा रोकिएको थियो । खेलमा ७ औं मिनेटमा नै गोल गर्दै मार्टिनेजले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ६१ औं मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई बराबरीको स्थितिमा ल्याए । तर, बाँकी समयमा थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा गएको हो । अर्जेन्टिनाले उपाधिका लागि ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस