थपिए १०४ कोरोना संक्रमित, १३१ जना निको
खबर एक्सप्रेस
२०७७-११-०२ ०५:२० मा प्रकाशित
Total Shares: 321
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६९ हजार ६० जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ५४ पुगेको छ । आज कोरोनाबाट कसैको मृत्यु भएको छैन ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ६०४ रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस