काठमाडौं - सरकारले कोरोनाभाइरसको परीक्षणको दायरा घटाएको छ । शनिबार १२ हजार ५१९ जनाको पीसीआर परीक्षण गरेकोमा आइतबार जम्मा ८ हजार २६ मात्रै स्वाब परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार शनिबार अपराह्नसम्म नेपालमा हालसम्म ५ लाख ९२ हजार ४१८ वटा पीसीआर परीक्षण भएका थिए । तर, त्यसपछिको २४ घण्टामा जम्मा ४ हजार ४ सय ९३ स्वाब परीक्षण भएको हो ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा ६ लाख ४४४ स्वाब परीक्षण भएका छन् । हालसम्म नेपालमा ३१ हजार ९३५ जना संक्रमित भेटिएका छन् जसमध्ये १८ हजार ६३१ जना निको भएका छन् । त्यस्तै १३ हजार १५५ जना आइसोलेसनमा रहेका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गए पनि मन्त्रालयले परीक्षणको दायरा घटाएको हो ।