एमसीसी जस्ताको त्यस्तै पास हुनुपर्छः प्रधानमन्त्री देउवा
काठमाडौं, धनगढी - प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना एमसीसी पास हुनुपर्ने बताएका छन्। बेमौसमी वर्षाका कारण बाढी र पहिरोले पुर्याएको क्षति अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा एमसीसी जस्ताको त्यसतै पास गर्नुपर्ने बताएका हुन्।
प्रधानमन्त्री देउवाले अनुदानमा आधारित परियोजना भएको र नेपालको कानून मातहत हुने भएकाले कुनै संशय गर्नु नपर्ने बताए । ‘एमसीसी नेपालकै कानूनको अधिनमा रहेर लागु हुने हो,’ प्रधानमन्त्री देउवाले भने, ‘बाहिरी हल्ला फैलाएर त्यसको गलत प्रचार गरिएको छ, त्यसतो हैन, एमसिसि नेपालको हितमा छ, निशर्त पास गर्नुपर्दछ।’
अनुदानको कार्यक्रममा धेरै होहल्ला गरेकोमा असन्तुष्टि जनाउँदै उनले भने, ‘एमसीसी पास हुन्छ । यसमा संशोधन गर्नुपर्ने कुरै केही छैन । एमसीसीको बारेमा झूठा प्रचार गरिएको छ।’
अर्ली इलेक्सन को सम्भावनाबारे सोधिएको जिज्ञासामा प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’
फेसबुक पेज Like गर्नुहोस