सन्दीपलाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं - नाबालिग बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ ।
नाबालिगमाथि बलात्कार गरेको आरोपमा बिहीबार पक्राउ परेका लामिछानेलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो । २० गतेबाट ७ दिनका लागि म्याद थप भएको हो ।
बिहीबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको थियो । सन्दीपलाई पक्राउ गरी प्रहरी वृत्त गौशालामा राखिएको छ । दसैं बिदाका कारण अदालत बन्द रहेकाले सन्दीपलाई आज मात्रै म्याद थपका लागि अदालत लगिएको थियो ।
लामिछानेमाथि भदौ ५ गते काठमाडौँको एक होटलमा नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस