काठमाडौं - आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला दुई सय रुपैयाँ घटेको हो ।

बिहिबार अहिलेसम्मकै उच्च प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार प्रतितोलामा २ सय रुपैयाँले घटेर ९२ हजार २ सयमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदी प्रतितोलामा ९ सय ८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।