काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । 

बिहान ११ बजेका लागि च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक बोलाइएको हो ।

बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधनको प्रस्तावमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । यस्तै बैठक भोलि पनि बस्नेछ ।

राजनीतिक प्रतिवेदनलगायतका दस्तावेजमा केही दिन अघि बसेको स्थायी कमिटी बैठकमा छलफल भएको थियो । बैठकमा स्थायी कमिटी सदस्यहरुले दिएको सुझाव समेटेर केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको थियो ।

एमालेको विधान महाधिवेशन असोज १५–१७ गतेसम्म हुँदैछ ।