नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन राप्रपा अध्यक्ष लोहनीको आग्रह
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष प्रकाशचन्द्र लोहनीले नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अर्का दुई अध्यक्षलाई आग्रह गरेका छन्। अध्यक्ष लोहनीले अध्यक्षद्वय कमल थापा तथा पशुपतिशम्शेर जबरालाई सो आग्रह गरेका हुन्।
भोलि बुधबारदेखि काठमाडौंमा राप्रपाको महाधिवेशन हुँदैछ। महाधिवेशनमा अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरेका छन्। वर्तमान अध्यक्ष जबराले चुनाव नलड्ने घोषणा गरेका बेला अर्का अध्यक्ष लोहनीले लिङ्देनलाई समर्थन गर्दै नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन आग्रह गरेका हुन्।
मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष लोहनीले भने, ‘म अन्य दुई अध्यक्षलाई पनि पार्टीको हितमा अभिभावकीय भूमिका निर्वाह गर्न र नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अनुरोध गर्दछु।’
सोही कार्यक्रममा बोल्दै अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेका राजेन्द्र लिङ्देनले आफूले उम्मेदवार घोषणा गर्दैमा कसैले अपमानित हुनु नपर्ने बताए। आफ्नो उम्मेदवारी घोषणालाई उनले देश बचाउने र राप्रपालाई एक नम्बरको पार्टी बनाउने अभियानको रुपमा व्याख्या गरे।

.gif)



फेसबुक पेज Like गर्नुहोस