मन्त्री छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
खबर एक्सप्रेस
२०८१-०३-३० ०९:२५ मा प्रकाशित
Total Shares: 61
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्न लागेको हो ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ । बैठकमा नयाँ सरकार गठन र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
साथै ओली सरकारमा पठाउने मन्त्रीहरूबारे पनि आज निर्णय लिने पार्टीको तयारी रहेको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस