काठमाडाैं - नेकपा एमालेले साइबर सर्कल बनाउने भएको छ । बुधवार राष्ट्रिय सभागृह भृकुटीमण्डपमा यसको घोषणा सभा हुने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कलको घोषणा गर्नेछन् । घोषणासभामा एमाले सचिव प्रदीपकुमार ज्ञवाली, राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतलगायतको उपस्थिति हुनेछ ।