निर्वाचन विथोल्ने षड्यन्त्र सह्य छैन : प्रधानमन्त्री कार्की
काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले कोसी प्रदेशमा हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचनसँग सम्बद्ध अधिकारी तथा सुरक्षा प्रमुखहरूसँग भेटघाट गरी तयारी र सुरक्षा अवस्थाबारे विस्तृत जानकारी लिएकी छन् ।
बिहीबार सोलुखुम्बु र भोजपुरको भ्रमण सम्पन्न गरी सुनसरीको इटहरी पुगेपछि प्रधानमन्त्री कार्कीले समग्र कोसी प्रदेशको निर्वाचन व्यवस्थापन र सुरक्षा रणनीतिबारे ब्रिफिङ लिएकी हुन् ।
प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीप्रति सन्तोष व्यक्त गर्दै छोटो समयमै उल्लेखनीय प्रगति भएको भन्दै प्रशंसा गरिन् । साथै उनले आगामी दिनमा पनि सबै निकायबीच समन्वय, एकीकृत प्रयास र चुस्त व्यवस्थापन कायम राख्न निर्देशन दिइन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, 'छोटो समयमा तपाईंहरूले राम्रो काम गर्नुभएको छ। यो सबैको समन्वयात्मक र एकीकृत प्रयासकोप्रतिफल हो। मैले आज जे जति जानकारी पाएँ र आफ्नै आँखाले पनि देखेपछि लाग्यो कि अब जनताले मत हाल्न मात्र बाँकी छ। अरुसारा तयारी सकियो।'
उनले निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट गर्दै सुरक्षा निकायलाई एकताबद्ध भएर कडा निगरानी गर्न निर्देशन दिइन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस