काठमाडौं - आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गतको तेस्रो खेलमा आज नेपाल र नामिबियाको भिड्दै छन् ।

खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेदेखि शुरु हुनेछ ।

यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो ।

आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो । आज नामिबियासँग बदला लिने नेपालसँग अवसर हुनेछ ।

नामिबिया र नेदरल्यान्ड्सबीच अस्ति सोमवार भएको खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो । त्रिकोणात्मक शृङ्खलामा तीनै टोलीले २–२ खेल खेलेका छन् ।