काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले विवाह गरेकी छन् । माओवादी निकट व्यवसायी ग्रिहेन्द्र घिमिरेसँग सोविताको विवाह भएको हो । 

काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोबिता र गृहेन्द्रले ७ जेठमा दुवै परिवारका सीमित सदस्यको उपस्थितिमा विवाह गरेका हुन् ।

सोबिता हाल पार्टीको कामको सिलसिलामा जापान भ्रमणमा छिन् । उनीसँग विवाह गरेका गृहेन्द्र हिमालयन बिल्डर्सका डाइरेक्टर र ग्रिस्मा ब्रोडकास्टिङका अध्यक्ष हुन् ।