कोरोना अपडेट: थप १५० जनामा संक्रमण, ६०९ डिस्चार्ज
खबर एक्सप्रेस
२०७७-०४-०६ ०४:३२ मा प्रकाशित
Total Shares: 302
काठमाडौं - मंगलबार देशभर कोरोनाका १ सय ५० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।
यीसहित मुलुकभर कुल संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ।
त्यस्तै विगत २४ घण्टामा ६ सय ९ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म १२ हजार ४ सय ७७ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। विगत २४ घण्टामा २७ प्रयोगशालाबाट ३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षण भएको छ।
हालसम्म ३ लाख २३ हजार ८ सय ३५ जनाको पिसिआर परीक्षण भएको छ। अब विभिन्न अस्पतालमा कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ७७ छ।
फेसबुक पेज Like गर्नुहोस