घरायसी विवादमा बुबाले गरे छोराको हत्या
खबर एक्सप्रेस
२०७७-०७-३० ०१:२० मा प्रकाशित
Total Shares: 375
काठमाडौं,बुटवल - रुपन्देहीमा घरायसी विवादमा आफ्नै बुबाले छोराको हत्या गरेका छन् ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ११ का ४३ वर्षीय शेर बहादुर गुरुङले १९ वर्षीय छोरा पदम बहादुरलाई चुक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
मदिरा सेवन गरेका बुवाले घरायसी विवादमा छोरालाई चक्कु प्रहरी गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
चुक्कु प्रहारबाट बायाँ खुटाको तिग्रामा चोट लागेका पदमको उपचारको क्रममा मृत्यु भएको हो । चक्कु प्रहार गर्ने गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
फेसबुक पेज Like गर्नुहोस