बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्यो
खबर एक्सप्रेस
२०७७-०१-१० ०७:२८ मा प्रकाशित
Total Shares: 489
लन्डन - पछिल्ला दिनहरुमा लगातार कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या घटिरहेको बेलायतमा मंगलबार भने बढेको छ ।
यहाँका सरकारी अधिकारीमा अनुसार मंगलबार ८ सय २८ जनाको मृत्यु भएको छ भने ४ हजार ३ सय नयाँ संक्रमित थपिएका छन् ।
हालसम्म कोरोनाबाट बेलायतमा १७ हजार ३ सय ३७ जनाको मृत्यु भएको छ भने १ लाख २९ हजार संक्रमित छन् । बेलायत कोरोनाबाट सबैभन्दा धेरै प्रभावित मुलुकमध्ये एक हो ।
फेसबुक पेज Like गर्नुहोस