काठमाडौं - नेपाली बजारमा लगातार घटिरहेको सुनको मूल्य आज पनि घटेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोलामा ५ सयले घटेर ८८ हजार ८ सय रुपैयाँमा  कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ८८ हजार ३५० रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा २० रुपैयाँले घटेर एक हजार ३ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।