काठमाडौं - ब्राजिलले फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा जित हात पारेको छ । शुक्रबार बिहान भएको खेलमा ब्राजिलले कोलम्बियामाथि १-०को जित निकालेको हो । 

ब्राजिलको जितमा लुकास प्याक्वेटाले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेलको ७२औँ मिनेटमा  सुपरस्टार फरवार्ड नेयमारले उपलब्ध गराएको पासमा प्याक्वेटाले गोल गरेका थिए । 

जितपछि छनोटमा अपराजित रहेको ब्राजिल १२ खेलबाट ३४ अंक जोडेर शीर्षस्थानमा यथावत रहँदै विश्वकपमा छनोट भएकाे छ । पराजित कोलम्बिया १३ खेलबाट १६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।