काठमाडौं - अशोक कुमार राई नेतृत्वको समूहले निर्वाचन आयोगमा नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिएको छ। सोमबार आयोगमा ‘समाजवादी पार्टी’ नामक दल दर्ता गर्न औपचारिक प्रक्रिया अघि बढाइएको हो।

प्रस्तावित संरचनाअनुसार पार्टीको उपाध्यक्षमा सुशीला श्रेष्ठ, राधादेवी तिमिल्सिना र दानबहादुर विश्वकर्मा रहेका छन्। त्यसैगरी शरणकुमार राई उपमहासचिव तथा हेमन्तराज मान्डव्य, मनिकर कार्की र भीमबहादुर तामाङ सचिव पदमा रहने गरी पदाधिकारी सूची बुझाइएको छ।