एमबाप्पे चम्किँदा पिएसजीको सहज जित
खबर एक्सप्रेस
२०७८-०९-०५ ०९:४९ मा प्रकाशित
Total Shares: 207
काठमाडौं - स्टार खेलाडी लियोनल मेस्सी, नेयमारले आराम पाएको खेलमा कप डि फ्रान्समा पेरिस सेन्ड जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ ।
युवा खेलाडी केलियन एम्बाप्पे चम्किएको खेलमा पीएसजीले फेइग्नीएसलाई ३-० अन्तरले पराजित गरेेकाे हाे ।
आइतबार राति भएको सिंगल लेगको खेलमा एम्बाप्पेले २ गोल गरे भने माउरो इकार्डीले १ गोल गरे ।
पीएसजीले पहिलो हाफमा दुबै गोल पेनाल्टीमार्फत गरेको थियो । खेलको १६ औं मिनेटमा एम्बाम्पेले र ३० औँ मिनेटमा इकार्डीे पेनाल्टी मार्फत अग्रता दिलाए । ५१ औँ मिनेटमा एम्बाप्पले ब्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस