एजेन्सी - कोरोना भाइरसका कारण विश्वभर कहर मच्चिरहेको छ । विश्वका अधिकांश देश लकडाउनमा रहेका छन् । यसले धेरै देशको अर्थव्यवस्थामा नराम्रो असर पारेको छ । अर्थव्यवस्था फेरि तग्राउन केही देशहरुले लकडाउन सहज बनाउँदै लैजाने तयारी गरेका छन् । उनीहरुले इम्युनिटी पासपोर्ट वा जोखिम मुक्त सर्टिफिकेट दिने तयारीमा रहेको बताइएकोछ  । तर, विश्व स्वास्थ्य संगठनले यो कदम निकै खतरनाक हुन सक्ने चेतावनी दिएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर केही यस्ता केशहरु बाहिर आएका छन् जसले कोरोना भाइरस पीडित निको भएपछि फेरि कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

उनीहरुमा प्रतिरोधात्मक क्षमता कमी हुँदा त्यस्ता घटनाहरु भएको उनीहरुको दाबी रहेको छ । यसले झन् खतरा बढाउन सक्ने उनीहरुले चेतावनी दिएका छन् । तर, धेरै निको भएका बिरामी कोरोना भने दोहोरिएको छैन ।

कोरोना भाइरसबाट पुनः संक्रमित भएमा पुनः भयावह स्थिति आउनसक्ने भन्दै यसबारे विशेष ध्यान दिन र सजगकता अपनाउन विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ । 

विश्व स्वास्थ्य संगठनले भनेको छ, यस प्रकारका योजनाले विश्वभर कोरोना फैलिने सम्भावना बढी हुनेछ । यसले प्रतिरोधात्मक क्षमतामाथि पनि प्रश्न उठाएको छ । केही सरकारले संक्रमणबाट निको भएकाहरुलाई काममा बोलाउने निर्णय गरेको छ । यस अवस्थामा खतरा बढ्ने प्रवल सम्भावना रहेको छ । 

विश्वभर हालसम्म झण्डै ३० लाख मानिसहरु कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । त्यस्तै २ लाखभन्दा बढीको ज्यान गइसकेको छ । 

जो बिरामीको शरिरमा एन्टीबडी विकसित भइसकेको छ ती व्यक्तिहरुमा यो भाइरस फेरि देखिएको भने छैन । यो भाइरसले पुनः नघेरोस् भन्ने हेतुले डब्लुएचओले यो सुझाव जारी गरेको बताएको छ ।