नागढुङ्गा नाकाबाट २२ तोला सुनसहित भारतीय नागरिक पक्राउ
खबर एक्सप्रेस
२०७७-११-२१ ०३:१० मा प्रकाशित
Total Shares: 399
काठमाडौं - नागढुङ्गा नाकाबाट २२ तोला सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाव नागढुङ्गाले २२ तोला सुन सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नकुवार जनदारा हाउडा घर भएका ३१ वर्षीय तपस सस्मल रहेका छन् । वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना १ ज ७९२१ नम्बरको टाटासुमोलाई नागढुङ्गा चेकपोष्टमा जाँच गर्दा २२ तोला ३२ लाल परिमाणको २४ थान सिक्री भेटिएको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहका अनुसार पक्राउ परेका भारतीय नागरिकलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ ।
फेसबुक पेज Like गर्नुहोस