काठमाडौं - नेपाल समाजवादी पार्टी (नेसपा)ले आफूहरुलाई पनि सत्ता गठबन्धनमा रहने वातावरण बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादव पुगेर आफूहरु पनि पाँच दलीय गठबन्धनकै हिस्सेदार भएको र गठबन्धनमै राख्न प्रस्ताव राखेका थिए । त्यसक्रममा उनीहरुकाे नयाँ परिस्थिति विकसित भई नयाँ पार्टी गठन गर्नुपरेकाे गुनासाे थियाे ।