उपत्यकामा निषेधाज्ञा खुकुलो: यातायातमा जोरबिजोर लागू, व्यापार-व्यवसाय खोल्ने निर्णय
खबर एक्सप्रेस
२०७७-०५-२४ ०६:०० मा प्रकाशित
Total Shares: 488
काठमाडौं - काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा केही खुकुलो गर्ने निर्णय भएको छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर यातायात, व्यापार/व्यवसाय क्षेत्रका लागि बिहीबारदेखि निषेधाज्ञा खुलाउने निर्णय गरेका हुन् । भोलिबाट जोर-बिजोर प्रणालिबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिइनेछ ।
यसैगरी पसल पनि समय निर्धारण गरेर सञ्चालन गर्ने दिइने भएको छ। यो अवधि एक साताका लागि लागू हुनेछ । त्यसपछि कोरोना संक्रमणको अवस्था हेरेर निषेधाज्ञाबारे पुनर्विचार गर्न सकिने बताइएको छ ।
भदौ ३ गतेदेखि सुरु भएको उपत्यकाको निषेधाज्ञा बुधबार राति सकिँदैछ ।
फेसबुक पेज Like गर्नुहोस