रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा
काठमाडौं - रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनको महामन्त्री पदमा उठेका रिजालले मतगणनामा अन्य उम्मेदवार भन्दा धेरै पछि परेपछि मन्त्री पदबाट राजीनामा दिने निर्णय लिएका हुन् । जारी मतगणनाको अन्तिम परिणाम प्राप्तभएपछि प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्ने उनको भनाई छ ।
‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु।’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।’
फेसबुक पेज Like गर्नुहोस