काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा डिस्चार्ज भएका छन् । कोरोना संक्रमणपछि बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा उपचाररत जबरा शुक्रबार बिहान डिस्चार्ज भएका हुन् ।

अस्पतालका प्रवक्ता डा.प्रबिन नेपालले एक विज्ञप्ति जारी गर्दै कोभिड-१९ निमोनियाका लागि १३ मंसिरमा अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा स्वास्थ्यलाभ गरी फर्किएको जानकारी दिएका छन् । 

नेपाल बार एसाोसिएसन र न्यायाधीशहरूको आन्दोलनका कारण प्रधानन्यायाधीश जबरा गोला प्रणालीबाट मुद्दा हेर्न राजी भएपछि सर्वोच्च अदालतका न्यायाधीशहरू बुधबारबाट काममा फर्किएका थिए । तर नेपाल बारले कोरोना लागेर उपचार गराइरहेका प्रधानन्यायाधीश जबराले कायममुकायम  नतोकेको भन्दै असन्तुष्टि जनाएको थियो । 

वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिने कुरा उठेपछि बिहीबार सर्वोच्चका न्यायाधीशको आन्तरिक छलफलमा न्यायाधीश हरिकृष्ण कार्कीले जबरालाई टेलिफोन गरेका थिए । त्यसको जवाफमा जबराले कायममुकायम ताेक्न आनाकानी गर्दै भनेका थिए-‘भोलि अस्पतालबाट डिस्चार्ज हुन्छु । त्यसपछि बसेर कुरा गरौंला ।’ 

अस्पतालकाे विज्ञप्तिः-