काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले १ सय दिनका १ सय कामको सूची सार्वजनिक गरेका छन् ।

बुधबार तीन वटा मन्त्रालय सम्हालदै आएका मन्त्री घिसिङले तीन वटा मन्त्रालयबाट १ सय दिन अवधिमा भएका १ सय कामको सूची सार्वजनिक गरेका हुन् ।

मन्त्री घिसिङले आफूले जिम्मेवारी निर्वाह गर्दै भाषणभन्दा कामलाई प्राथिमकता दिएको बताएका छन् ।

मन्त्री घिसिङले १ सय कामको सूचीमा ‘डेडिटेकेड’ तथा ‘ट्रंक’ लाइनको प्रिमियम बक्यौता किस्ताबन्दीमा असुल गर्न थालिएको सूचीमा राखेका छन् ।

त्यस्तै बुढीगण्डकी जलविद्युत् आयोजनाको मोडालिटी तय गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ ।

यसैगरी भारत र बंगलादेशमा १९ अर्ब रुपैयाँ बराबर विद्युत् निर्यात भएको सूचीमा उल्लेख छ । भौतिकतर्फ कोटेश्वर चोक सुधारमा जापान सरकारसँग ३४ अर्ब ४९ करोड येन बराबर ऋण सम्झौता राखिएको छ ।