रोल्पामा पहिरोले घर पुर्दा हजुरआमा र नातिनीको मृत्यु
खबर एक्सप्रेस
२०८१-०४-१९ ०१:०० मा प्रकाशित
Total Shares: 157
काठमाडौं,रोल्पा-रोल्पामा पहिरोले घर भत्किंदा पुरिएर बजै र नातिनीको मृत्यु भएको छ।
जिल्लाको सुनछहरी गाउँपालिका-४ स्युरी कामीडाँडाकी ६५ वर्षीया बसुना सुनार र ४ वर्षीय माया सुनारको मृत्यु भएको हो।
शुक्रबार राति सुनछहरी गाउँपालिका-४ कामीडाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको थियो ।
पहिरो पन्छाउने क्रममा उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कर्यालय रोल्पाले जनाएको छ ।
पहिरोको समयमा छोरा देउसिंह सुनार र बुहारी घरमा थिएनन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस