जडिबुटीमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु
खबर एक्सप्रेस
२०७७-०५-०४ ०२:३६ मा प्रकाशित
Total Shares: 259
काठमाडौं - जडिबुटीमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पैदल यात्रुको मृत्यु भएको छ।
महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-७ घर भएका ४४ वर्षीय धनबहादुर कार्की रहेका छन् ।
जडिबुटीको आकासे पुल नजिकै कोटेश्वरबाट भक्तपुर तर्फ जाँदै गरेको ना ६ ख २९१७ नम्बरको ट्रकले कार्कीलाई ठक्कर दिएको थियो । घाइते भएका कार्कीलाई राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको थियो । उपचारकै क्रममा उनको अस्पतालमा निधन भएको हो ।
हाल ट्रकका चालक सर्लाहीका २५ वर्षीय युवकलाई नियन्त्रणमा लिए अनुसन्धान सुरु गरिएको स्रोतले बताएको छ ।
फेसबुक पेज Like गर्नुहोस